काठमाडौँ — लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज अट्वारी पर्व मनाइँदै छ ।
अट्वारी पर्व पश्चिम नेपालको तराइका जिल्लाहरूमा बसिरहेका थारू समुदायले मनाउँदै आइरहेका छन् । विशेषगरी कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा यो पर्वको उल्लास बढेको छ ।
यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ । आदिवासी थारू समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो ।
अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् पूर्णिमा पर्दछ । शनिबार दर खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ ।