ताप्लेजुङ—  जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।


ADVERTISEMENT


१३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा सिदिङ्वागाउँपालिका‐६मेहेलेस्थितनिलगिरि माध्यमिक विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। साह दुई वर्षदेखि सो विद्यालयमा कार्यरत रहेको बताइएको छ ।

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।