काठमाडौँ– महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘तिज विशेष दर खाने कार्यक्रम’ सम्पन्न भएको छ ।
बुधवार प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै निर्देशक भण्डारीले प्रतिष्ठानमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारी एकै परिवार रहेको धारणा व्यक्त गरे । प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रको महत्व तथा यसलाई अझै सक्रिय बनाउनुपर्ने बताउँदै उनले यो महान् चाडलाई महिलाले मात्र बुझेर नहुने र सम्पुर्ण पुरुष वर्गले समेत यसको महत्व बुझ्नुपर्नेमा जोड दिए । ।
साथै उनले प्रतिष्ठानका विभिन्न तालिममा प्रशिक्षणरत महिला प्रशिक्षार्थीहरू एवम् अन्य स्टाफ महिला प्रहरी कर्मचारीहरूमा घर छोडेर टाढा रहेको महसुस नहोस् र एक आपसमा पारिवारीक भावना विकास होस भनि शुभकामना समेत व्यक्त गरे ।
समारोहमा बोल्दै नेपाल प्रहरी श्रीमती संघको उपाध्यक्ष तथा प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष प्रभा शर्मा भण्डारीले भने तीज पर्वका विविध पक्षको महत्ववारे प्रकाश पार्दै आयोजक समूहलाई विशेष धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा प्रतिष्ठानका प्रतिष्ठानका निर्देशक, सहनिर्देशक, उपनिर्देशक, महिला प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीहरू तथा प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रका अन्य पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा केही झलकहरु