काठमाडौँ — संविधान सभा अध्यक्ष सुवास  नेम्वाङका दुवै छोरा सुहाङ काठमाडौँ आइपुगेका छन् ।


ADVERTISEMENT


बुबाको निधनको खबर पाएलगत्तै कान्छा छोरो सुहाङ अस्ट्रेलियाबाट हिजो र जेठा छोरा मिङ्सो आज युकेबाट स्वदेश फर्किएका हुन् । उनीहरु दुवैले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।


ADVERTISEMENT

# # #


मंगलबार बिहान हृदयाघातबाट निधन भएका सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिनेछ । स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन ।