काठमाडौं-प्रदेश राजधानी माग गर्दै २२ दिनदेखिको आन्दोलन जारी छ । १३ दिनसम्म आमहडताल गरी जिल्ला ठप्प पारेका स्थानीयले सातायता धर्ना तथा अनशन गरेका छन् ।


ADVERTISEMENT


प्रदेश ७ को राजधानी डोटीको दिपायल घोषणा नगरेसम्म आन्दोलन नरोकिने भनाइ छ । सातादेखि स्थानीय तेज डुम्रेल, डबल साउद र खगेन्द्रप्रसाद भट्ट अनसनमा छन् । डुम्रेलले राजधानी कायम नहुँदासम्म अनशन नरोक्ने भन्दै आइतबार क्षेत्रीय प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।


ADVERTISEMENT

# # #


क्षेत्रीय प्रशासनमा नागरिक समाज, व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिले धर्ना दिएका छन् । ‘केही शीर्ष नेता डोटीमा राजधानी नहोस् भनेर प्रतिक्रिया दिइरहेका छन्, अन्यत्र राजधानी तोक्न सरकारलाई दबाब दिइरहेका छन्,’ संघर्ष समिति संयोजक नरेन्द्र खडकाले भने, ‘यदि सरकारले न्यायसंगत निर्णय नगरे व्यक्तिगत स्वार्थविरुद्ध आन्दोलन जारी रहनेछ ।’