काठमाडौं-काठमाडौंको असन क्षेत्रलाई पनि मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । बढी भिडभाड हुने असनक्षेत्रमा पूर्ण तयारीका साथ आजदेखि चारपांग्रे गाडी निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिएको छ ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिकाको वडा कार्यालयले महत्वपूर्ण सहयोग गरेकाले नै असनलाई चारपांग्रे सवारी साधन निषेधित क्षेत्र कार्यान्वयन गर्न सहज भएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौंको पुरानो बजार असनमा किलमेल गर्नेहरुको अत्यधिक भिडभाड हुने गर्दछ ।


ADVERTISEMENT

# # #


व्यस्त र साँघुरा गल्लीहरुमा चारपांग्रे गाडीसमेत प्रवेश गरिदिँदा पैदलयात्रीले सास्ती खेप्दै आएका थिए । पैदल यात्रुको आवतजावतलाई सहज बनाउनका लागि चारपांग्रे गाडी निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।