काठमाडौं-राष्ट्रिय भुकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।


ADVERTISEMENT


‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको २० औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रमअघि न्यू रोडको जुद्ध शालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिने मूल आयोजक समितिले जनाएको छ ।

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले २०५५ सालबाट यो दिवस मनाउन थालिएको हो ।

पछिल्लो पटक २०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परि ९ हजार भन्दा बढी जनताको मृत्यु हुनुका साथै ८ लाख बढी आवासिय घर, २ सय बढी पुरातात्विक सम्पदा ध्वस्त भएका थिए ।

सरकारले निकै तामझामका साथमा पुर्नर्निमाणको शिलान्यास गरेपनि पुर्ननिर्माण भने कछुवाको गतिमा रहेको छ । काठमाण्डौमा बसन्तपुर दरबार स्क्यायरको पुर्नर्निमाण सुरु भएपनि रानीपोखरी जस्तो सम्पदाको पुर्नर्निमाण विवादमाझ रोकिएको छ ।