मानिसको औसत आयु कति हुन सक्ला ? ८०, ९० या १०० वर्ष ?  पछिल्लो पटक उमेरसम्बन्धि भएको आकलनले भने सबैलाई चकित पुर्‍याउन सक्ने देखिएको छ । किनकी कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी) ले आइतबार जनाएको छ ।


ADVERTISEMENT


मालार्डालेन युनिभर्सिटी (एमडीयू) का अनुसन्धाता इग्नाट कुलकोभले एसभीटीसँग भने, ‘हाम्रो प्राग्ज्ञान (रोगको पूर्वानुमान) अनुसार मानिसको आयु ५० वर्षभित्र कमसेकम विकसित राष्ट्रमा १०० देखि १२० वर्षको बीचमा हुनेछ ।’


ADVERTISEMENT

# # #


फिनल्याण्ड, फ्रान्स र संयुक्त अधिराज्य (बेलायत) का विश्वविद्यालयका सहकर्मीहरूसँग गरिएको एक अध्ययनको निष्कर्षबारे वैज्ञानिक पत्रिका ‘फ्युचर्स जर्नल’मा प्रकाशित भएको एक अध्ययनको निष्कर्षको बारेमा कुलकोभले बताए ।

उनले भने, ‘धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन्।’

कुलकोभले प्रसङ्गलाई थप जोडे, ‘यी सेन्सरहरूमध्ये केही ‘इम्प्लान्ट’को रूपमा हुनेछन् । परिणामस्वरूप यस्ता उपकरणहरूले चिकित्सकहरूलाई प्रारम्भिक चरणमा जीवनशैली परिवर्तन गर्न स्वास्थ्यमा सुधार र लामो आयुको साथ सिफारिस गर्न सक्षम बनाउनेछ ।’

अन्य क्षेत्रमा भएको प्रगतिले पनि लामो आयुमा योगदान पुर्‍याउने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । कुलकोभले भने, ‘कोभिड–१९ को महामारीबाट भाइरसलाई कसरी बढी कुशलतापूर्वक पत्ता लगाउने भन्नेबारे राम्रो ज्ञान प्राप्त भएको छ। यसपहिले नै रोगहरूको छिटो निदान गर्न र नयाँ उपचारहरू विकास गर्न कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरिएको छ ।’

व्यक्तिगत रूपमा तयार पारिएका औषधिसँग व्यक्तिगत औषधिले पनि स्वास्थ्यमा सुधार ल्याउन योगदान पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।

‘यद्यपि, त्यहाँ नयाँ चुनौतीहरू पनि छन्’ कुलकोभले भने । तर जलवायु परिवर्तनले भविष्यमा मात्र नभई अहिले नै स्वास्थ्य सेवा प्रणाली र जीवनमा सबैभन्दा ठूलो प्रभाव पार्ने उनले बताए । रासस