काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले हरेक बिहिवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा रु ५०० सम्म छुट पाउन सक्नेछन् ।


ADVERTISEMENT


यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिख पश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकहरुले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप रु १५० सम्मको भौचर प्राप्त गर्न सक्नेछन् । दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथली स्थित कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै बैंकका मास बैकिंङ्ग अधिकृत मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकहरुलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे ।


ADVERTISEMENT

# # #


सो अवसरमा दराजका प्रमुख संचालन अधिकृत विमल अर्यालले दराज समग्र ईकमर्स क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको जनाउदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडी बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने धारणा राखे ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।