काठमाडौँ– क्लिन काठमाडौं अभियान अन्तरगत कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक बिहीबार बिहान सफा गरिएको छ ।


ADVERTISEMENT


‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएको हो । अभियानमा एमाले नेता लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् ।


ADVERTISEMENT

# # #


अभियानमा नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेस्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगातले पनि अभियानमा सहभागिता जनाएका थिए ।