काठमाडौँ– नेपालमा गणतन्त्र आएपछि बिहिबार पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइएको छ ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गरेको थियो। गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको यो पहिलोपटक थियो।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुनः मनाउन थालेको हो। आज सार्वजनिक विदा समेत दिइएको छ