काठमाडौं – काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया) माघ २ गतेदेखि पांग्रे र त्योभन्दा ठूला सवारी प्रवेश निषेधको घोषणा गरिएको छ । कतिपय सडकहरुमा वान–वे सिस्टम लागू हुँदैछ ।


ADVERTISEMENT


ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिँदैछ ।


ADVERTISEMENT

# # #


भित्री शहरमा सवारीको चापले परेको असरहरु कम गर्न चारपांग्रे गुडाउन लगाउन लागिएको काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । आज पत्रकार सम्मेलन नै आयोजना गरेर यो जानकारी दिइएको हो ।

माघ २ गतेबाट इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बन्टुमा चार पांग्रे सवारी चल्न पाउने छैनन् । भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन ।

नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म वान(वे गरिएको छ । टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ । क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म वान(वे गरिएको छ ।

काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री शहरमा चारपांग्रे सवारी निषेधको घोषणा भएको हो ।

दुईपांग्रे सवारीलाई भने यो नियम लागू गरिएको छैन । नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवना लगाउने ट्राफिक प्हरीले जनाएको छ ।