काठमाडौं– डा. गोविन्द केसीले सर्वोच्च अदालतको फैसला सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । साधारण तारेखमा भएलगत्तै सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सो प्रतिक्रिया दिएका हुन् ।


ADVERTISEMENT


डा.केसीले प्रधानन्यायधीश गोपाल पराजुलीमाथि आफुले उठाएको छानबिनको विषयमा पनि सर्वोच्च गम्भीर भएर लाग्नेमा विश्वस्त रहेको दाबी गरे । डा.केसीले प्रधानन्यायधीश पराजुलीका नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतका विषयमा पनि छानबिन हुनुपर्नेमा माग राखेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै, केसीले आफ्नो अनसनलाई आज राती निरन्तरता दिने समेत बताएका छन् । बिहीबारदेखि भने अनसनलाई निरन्तरता दिने कि नदिने भन्ने भोलीनै निर्णय गर्ने उनले बताए । उता, अदालतले केसीलाई फागुन ८ गते उपस्थित हुन भनेको छ । केसीका लागि फागुन ८ गतेको तारेख तोकिएको सर्वोच्च अदालतका सहरजिष्टार नारायणप्रसाद पन्थीले जनाएका छन् ।