काठमाडौं-मेसी र स्वारेज चम्किएपछि स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले लेभान्टेमाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० ले पराजित गरेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसी, लुइस स्वारेज र पाउलिन्होले गोल गरे ।


ADVERTISEMENT

# # #


लेभान्टेबिरुद्ध बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १२ औं मिनेटमा मेसीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो । खेलको ९० औं मिनेटमा पाउलिन्होले थप एक गोल गरेपछि बार्सिलोनाले ३-० को सहज जित निकाल्यो ।

आइतबारको गोलसँगै मेसीले यो सिजनमा १६ औं गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ४ सय खेलबाट ३६५ गोल पुरा गरेका छन् ।

गएरातिको जितसँगै बार्सिलोनाले लिगमा ९ अंकको अग्रता कायम गरेको छ। शीर्ष स्थानको बार्सिलोनाले १८ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३९ अंक छ । यस्तै तेस्रो स्थानमा रहेकोझ भ्यालेन्सियाको १८ खेलबाट ३७ अंक छ ।

एक खेल कम खेलेको रियल मड्रिड ३२ अंकसहित तालिकाको चौथो स्थानमा छ।