काठमाडौं-एफए कप अन्तर्गत आइतबारको खेलमा तल्लो श्रेणीको क्लब नटिङ्घम फरेस्टले आर्सनललाई ४-२ ले पराजित गरेको छ । आर्सनललाई प्रतियोगिताबाट बाहिर निकाल्न एरिक लिकाएले दुई तथा बेन ब्रेरेटन र किरन डोवेलले १/१ गोल गरे । आर्सनलका लागि पर मर्टसाकर र ड्यानी वेलबेकले गोल गरे ।


ADVERTISEMENT


टोटेनहम हट्सपरले भने एएफसी विम्बल्डनलाई ३-० ले पराजित गर्दै अर्को चरणमा पाइला राख्यो । टोलीको जितमा ह्यारी केनले दुई तथा यान भर्टोन्घनले १ गोल गरे ।


ADVERTISEMENT

# # #


वेस्ट ह्माम र स्रुसबेरी टाउनको खेल गोलरहित बराबरीमा रोकिंदा न्यूपोर्ट काउन्टिले लिड्स युनाइटेडलाई २-१ ले पाखा लगायो ।