काठमाडौँ– नेकपा एमाले पार्टीले संसद् अवरोधको तयारी थालेको छ । पार्टीले राष्ट्रपति रामचन्द्र पौडेल एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्व संसद् अवरोध गर्ने तयारी गरेको स्रोतले बताएको हो ।


ADVERTISEMENT


राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको एमालेको आरोप छ । स्रोतका अनुसार राष्ट्रपतिको उक्त निर्णय पार्टीलाई मान्य छैन । साथै भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तीजनक रहेको भन्दै त्यसको विरुद्व पनि पार्टीले संसद अवरोधको तयारी थालेको हो ।


ADVERTISEMENT

# # #


एमाले सांसदले प्रधानमन्त्री दाहालसंग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा ‘त्यो बाटो दिए नेपालको लिपुलेक दिन सकिने’ भन्ने अभिव्यक्तिको पनि जवाफ माग्ने बताइएको छ ।

आजबाट प्रतिनिधिसभाबैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ। अर्थमन्त्री डा प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची छ।