काठमाडौँ — आइतबार शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चार खेल हुँदै छन् ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा र एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ  मर्स्याङ्दी क्लब, नेपाल पुलिस र मछिन्द्र क्लब तथा एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।


ADVERTISEMENT

# # #


हिमालयन शेर्पा र एनआरटीबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ भने साँझ ६ बजे फ्रेन्ड्स र मनाङबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी पुलिस क्लब र मछिन्द्र क्लबले दिउँसो ३ बजे च्यासल मैदानमा खेल्ने छ भने एफसी खुमलटार र संकटा क्लबबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ । २४ अंक भएको खुमलटार तालिकाको पुछारमा छ भने २७ अंक जोडेको संकटा १२ स्थानमा छ ।