काठमाडौं-अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भए वा बार्सिलोनाले युरोपियन शीर्ष लिगको हैसियत गुमाए क्लब छोड्न सक्ने स्थानीय संचार माध्यमले जनाएका छन् ।


ADVERTISEMENT


‘मेसीले नोभेम्बरमा गरेको नयाँ सम्झौतामा बार्सिलोना युरोपको शीर्ष लिग खेल्दासम्म मात्र क्लबमा बस्ने उल्लेख गरिएको छ,’ स्पेनिस दैनिक एल मुन्डोले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


बार्सिलोनाले क्लब र खेलाडीबीचको सम्झौता गोप्य हुने भन्दै यस विषयमा केही धारणा सार्वजनिक गरेको छैन । केही महिना अघि स्वतन्त्र क्याटोलिनाका पक्षधरले जनमत संग्रहपछि स्पेनबाट अलग्गिएको घोषणा गरेका थिए ।
स्पेनिस फुटबल अधिकारीहरुले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भए बार्सिलोनाले ला लिगाको अस्तित्व गुमाउने बताउँदै आएका छन् ।

क्याटोलिना स्वतन्त्र भए वा बार्सिलोना युरोपका अन्य शीर्ष लिग (इङलिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान) मा समेत नसमेटिए मेसीले तोकिएको फुकुवा रकम(७० करोड युरो) तिर्नु पर्दैन ।

एल मुन्डोले अन्य खेलाडीको लागि पनि यही नियम लागु हुने बताएको छ ।