चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन अगाडि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएका छन् । उनले दुई पार्टीका दुई जना नेता भनेर पहिले नै निर्णय गरिसकेको चर्चा गर्दै दुई जना नेतालाई समुचित भूमिका दिने कुरामा आफुहरुबीच कुनै विमति र विवादको अवस्था नरहेको प्रष्ट पारे ।


ADVERTISEMENT


प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले बिहीबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले पार्टी एकताका विषयमा दुई पार्टीका बीचमा सकारात्मक ढंगले छलफल अगाडि बढेको बताए । उनले सकेसम्म सरकार गठन भन्दा पहिला नै पार्टी एकता टुंग्याउँ भन्ने आफुहरुको जोड रहेको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी नभएको भए दुई दिन अघि नै पार्टी एकता टुंगिन सक्ने दाबी गरे ।


ADVERTISEMENT

# # #


राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै सरकार गठन हुने भन्दै अध्यक्ष दाहालले पार्टी एकताका लागि सरकार गठन पर्खिन आवश्यक नरहेको बताए। पार्टी एकताका विषयमा अनावश्यक कुरा आईरहेको भन्दै उनले जथाभावी बाहिर र पत्रपत्रिकामा नबोल्न तल्लो तहका नेतालाई निर्देशन दिएको पनि जानकारी दिए।

दलहरुका बीचमा बिहीबार काठमाण्डौंमा सकारात्मक छलफल भएको भन्दै उनले छिटोभन्दा छिटो छोटोभन्दा छोटो समयभित्र राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने समझदारी बनेको बताए ।