काठमाडौं – नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सर्लाही, चक्रघट्टाका शीतलहर पीडित मुसहर समुदायलाई न्यानो वितरण गरेको छ ।


ADVERTISEMENT


केही दिन पहिले पत्रिकामा ‘कसैले न्यानो लुगा ल्याइदिए पनि हुन्थ्यो,’ शीर्षकको समाचार देखेपछि कपडा संकलन गरेर वितरण गरेको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिइन् । न्यानो वितरण अनेरास्ववियु २ नम्बर प्रदेश कमिटीले आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


“हामी पुग्दा मुसहर बालबालिकाको आङमा कपडा थिएन । वयोवृद्धहरू जाडोले काँपिरहेका थिए । पराल तापेर बस्न बाध्य थिए,” लामाले भनिन् ।

८० वृद्ध एवम् बालबालिकाहरूलाई न्यानो वितरण गरेको उनको भनाइ थियो । मुलुक संघीय लोकतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा मुसहर समुदायको अवस्था झनै दयनीय बन्दै जानु दुःखद् भएको बताउँदै विपन्न समुदायको स्तरोन्नतीका लागि उनले आग्रह गरिन् ।