काठमाडौँ– विश्व क्रिकेट लिग डिभिजन टूको तयारीमा रहेको नेपालको प्रारम्भीक टोलीको घोषणा भएको छ ।


ADVERTISEMENT


तर, लामो समयदेखि टिममा रहेका विनोद भण्डारी, सागर पुन, राजेश पुलामी मगर र मेहबुब आलम टोलीमा पर्न असफल भएका छन् । अब उनीहरुले डिभिजन टू खेल्ने छैनन् ।


ADVERTISEMENT

# # #


यू–१९ बाट रोहितकुमार पौडेलसँगै अनिलकुमार साहले भने टिममा स्थान बनाएका छन् । रोहित हालै सम्पन्न एभरेष्ट प्रिमियर लिगका मोष्ट भ्यालुएवल प्लेयर बनेका थिए भने बिराटनगरलाई उपाधि दिलाउन अनिलले महत्वपूर्ण भूमिका खेलेका थिए ।

पारस खड्का कप्तान रहेको नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, करण केसी, सामपाल कामी र सन्दिप लामिछाने छन् । यस्तै आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, दिलिपनाथ, दिपेश श्रेष्ठ, किशोर महतो, ललित भण्डारी, ललित राजवंशी, रसिद खान, सिद्धान्त लोहनी, सुनिल धमला र शुशन भारी छन् ।