काठमाडौं-म्यानचेष्टर सिटिले प्रिमियर लिग फुटबलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।


ADVERTISEMENT


२२ औँ खेलमा गएराती वाटफोर्टलाई ३–१ गोल अन्तरले हराउँदै सिटिले दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडसँगको दुरी पुन: १५ अंकमा पुर्‍याएको हो ।


ADVERTISEMENT

# # #


खेलको पहिलो मिनेटमै राहिम स्टर्लिङले म्यान सिटिको खाता खोलेका थिए । १३ औँ मिनेटमा उपहार गोलमार्फत अग्रता दोब्बर बनाएको सिटिका लागि ६३ औँ मिनेटमा सर्जियो अगुईरोले अर्को गोल थपेका थिए ।

८२ औँ मिनेटमा वाटफोर्टले गोल फर्काएपनि त्यसपछिको खेलमा प्रभाव जमाउन नसक्दा हार ब्योहोर्न बाध्य भयो । २२ खेलको समाप्तीमा सिटि ६२ अंकका साथ तालिकाको शीर्ष स्थानमा जमेर बसेको छ ।

गएराती नै टटनह्यामले स्वान्सीलाई २–० ले स्तब्ध पार्यो । जारी सिजन १२ औँ जित हात पार्ने क्रममा टटनह्यामका लागि फर्नाण्डो लोरेन्ट र डेल अलीले गोल गरे ।

जितसंगै ४० अंक जोडेको टटनह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । अन्य खेलहरुमा क्रिष्टल प्यालेसले साउथ हेम्प्टनलाई तथा वेष्टह्यामले वेष्टब्रोमलाई समान २–१ ले पराजित गरे ।