पाल्पा– बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् ।


ADVERTISEMENT

# # #


मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएकोे पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताए ।

गोली प्रहार गर्ने लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए । नाता सम्बन्धले मृतक थापा लम्तरीका भिनाजु पर्दछन् ।