काठमाडौं-इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको कीर्तिमानी विजयी यात्रा टुंगिएको छ । प्रिमियर लिगमा लगातार १८ खेल जितेर एकै सिजन र समग्र प्रिमियर लिगको इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको सिटी आइतबार राति क्रिष्टल प्यालेससँग गोलरहित बराबरी रोकियो । यो सिजनको २१ खेलसम्म आइपुग्दा समग्रमा १९ खेल जितेको सिटिले दुई खेल बराबरी खेलेको छ ।


ADVERTISEMENT


क्रिष्टलको घरेलु मैदानमा भएको खेलमा गोलकिपर एण्डरसन मोरेस नायक बनेपछि सिटीले घरेलु टोलिसँग बराबरी खेलेको हो । खेलको अन्तिम समयमा क्रिष्टलको पेनाल्टी बचाउदै गोलकिपर एण्डरसनले सिटीलाई हारबाट जोगाएका हुन् ।


ADVERTISEMENT

# # #


लिगको पहिलो खेलमा एभर्टनसँग १–१ को बराबरी रोकिएको म्यानचेस्टर सिटी त्यसपछि लगातार १८ खेलमा विजयी भएको हुँदै आइतबार राति अवे मैदानमा फेरि बराबरी गर्न पुग्यो ।

रेलिगेशन जोनबाट माथि रहेको क्रिष्टल प्यालेसले स्टार खेलाडीले भरिएको म्यानचेस्टर सिटीलाई गोल गर्न दिएनन् । खेलको अधिकांश समय बलमा नियन्त्रण बनाएर पनि सिटीले गोल भने गर्न सकेन ।

खेलको इन्जुरी समयमा पाएको पेनाल्टीमा क्रिष्टलका लुका मिलिभोजेभिकले गोल गर्न सकेनन् । रहिम स्ट्रलिङले पेनाल्टी एरियामा विल्फ्रिड जाहालाई लडाएपछि क्रिष्टलले पेनाल्टी पाएको थियो । तर, मिलिभोजेभिकको प्रहार सिटीका गोलकिपर एण्डरसनले उत्कृष्ट बचाऊ गरेका थिए ।

त्यसअघि खेलमा सिटीले क्रिष्टलविरुद्ध थुप्रै गोल गर्ने अवसर पाएको थियो। तर, सिटीले गोल गर्न सकेन र बराबरी खेल्दै अंक बाड्न बाध्य भयो। बल पोजिसनमा पकड जमाएको सिटीले क्रिष्टलविरुद्ध आधा दर्जन बढी पोष्ट आक्रमण गरेको थियो।

यो बराबरसँगै म्यानचेस्टर सिटीको विजय यात्रामा समेत पूर्ण्विराम लागेको छ। यो सिजन सिटी पछिल्लो १८ खेलबाट अपराजित रहदै आएको थियो। बराबरीपछि शिर्ष स्थानको सिटीले २१ खेलबाट ५९ अंक जोडेको छ।

सिटी दोस्रो स्थानको चेल्सीभन्दा १४ अंकले अघि छ। चेल्सीको ४५ अंक छ। १९ अंक जोडेको क्रिष्टल रेलिगेसन जोनभन्दा एक स्थान माथि छ।

खेलपछि प्रशिक्षक गार्डिवलाले आफ्नो टिम पूरै सिजनमा अपराजित रहने सम्भावना कम रहेको बताएका छन्। सिटीले यो सिजन लिगमा अहिलेसम्म कुनै पनि खेल हारेको छैन। तर आइतबार रातिको खेलपछि सिटी सिजनभर अपराजित रहने सम्भावना नदेखेको गार्डिवलाले बताए।