काठमाडौं-निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव खर्चको बिवरण बुझाउन सुचना पेश गरेको गरेको छ ।


ADVERTISEMENT


आयोगले आइतबार एक सूचना प्रकाशित गरेर उम्मेदवारसँग विवरण मागेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र बुझाउनु पर्ने उल्लेख छ । आयोगले यही व्यवस्थाअनुरुप खर्च विवरण बुझाउन उम्मेदवारहरुलाई आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


उम्मेदवारले आयोग वा आयोगले तोकेको कार्यालयमा खर्च विवरण पेश गर्न सक्ने छन् । मंसिर १० र २१ गते दुई चरणमा प्रदेशसभामा ३३० र प्रतिनिधिसभामा १६५ स्थानमा प्रत्यक्ष निर्वाचन भएको थियो ।

प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले २५ र प्रदेशतर्फका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सिलिङ सरकारले तोकेको थियो । आयोगले खर्च सिलिङ तोके पनि अधिकांश उम्मेदवारले लक्ष्मण रेखा नाघेर खर्च गरेका थिए ।