काठमाडौं-निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको सिट बाँडफाँट कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।


ADVERTISEMENT


आवश्यक प्रक्रिया पूरा गरी केही दिनमै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको आयोगका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


आयोगले अहिले दलहरुले गत शुक्रबार बुझाएको प्रदेशसभातर्फ समानुपातिक सदस्यको नामावलीमाथि छानविन गरिरहेको छ ।

छानविनपछि आवश्यक सुधार गर्नुपर्ने खण्डमा दलहरुलाई सूची पठाई पुन: तीन दिनको समय उपलब्ध गराइने घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार सम्भवत: आजै साँझसम्म सो सूची दलहरुलाई पठाइनेछ ।

त्यसपछि मात्र प्रदेशसभाअन्तर्गत समानुपातिक तर्फको अन्तिम परिणाम सार्वजनिक हुनेछ ।

प्रदेशसभाको समानुपातिकमा २ सय २० सांसद चुनिनेछन् ।

प्रदेशसभातर्फको अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने भएपनि प्रदेश प्रमुख नियुक्त भइनसकेकाले त्यसपछिको प्रक्रिया भने प्रभावित हुनसक्ने प्रवक्ता घिमिरेले बताए ।