काठमाडौं-माग बढ्दै गएपछि रुपन्देहीमा च्याउ खेती गर्ने किसानहरु बढ्दै गएका छन् ।


ADVERTISEMENT


जति उत्पादन गरेपनि बिक्री हुने, छिटो र नगद आम्दानी हुने भएकाले च्याउ खेतीमा किसानको आकर्षण बढेको हो । बुटवल भैरहवा लगायतका क्षेत्रमा ठुला –ठुला होटल रेण्टुरेण्ट बन्नु, तिनमा बढी भन्दा बढी च्याउको माग हुनुले पनि किसानहरु समेत च्याउ खेती गर्न हौसिएका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला कृषि विकास कार्यालयका अनुसार रुपन्देहीका करिव ३ सय किसानले व्यवसायिक खेती गरेका छन् भने घरयसी प्रयोजनका लागि खेतीगर्ने १० हजार बढी छन् । गतवर्ष व्यवसायिक किसानले १ सय १२ मेट्रिक टन च्याउ उत्पादन गरेको कृषि कार्यालयका प्रमुख भोजराज सापकोटाले बताएका छन् ।

देवदह, रोहिणी, करहीया, पर्रोहा, तिलोत्तमा बुटवल उपमहानगरपालिका लगायतका क्षेत्रमापकेट क्षेत्रका रुपमाच्याउ खेती भएको छ । रुपन्देहीमा करिब १० वर्ष अघिबाट व्यावसायिक च्याउ खेतीे सुरु भएको हो ।