जनकपुरधाम– जनकपुर उपमहानगरपालिकाका एक वडाध्यक्ष र एक वडासचिव घुससहित पक्राउ परेका छन् ।
गाेप्य सूचनाकाे आधारमा अख्तियारको टोलीले जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष र सचिवलाई घुससहित पक्राउ गरेको हो ।
जनकपुरधामकाे जानकी मन्दिर पछाडि रहेको रोहन होटलबाट वडाध्यक्ष अर्जुन चौधरी र वडासचिव माधव राय पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले बताएकाे हाे ।
अख्तियारका डीएसपी शुभाष राय नेतृत्वको टोलीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।