• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउन बाध्य

Mar 23, 2023 |

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउन बाध्य

768
SHARES
ShareTweet

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य भएका छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।


ADVERTISEMENT


सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गको जलस्रोत महाशाखाका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माका अनुसार कर्णालीमा ९६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा नपुगेको बताए ।


ADVERTISEMENT

# # #


प्रदेशमा ४ प्रतिशत जनसङ्ख्या आधारभूत शुद्ध खानेपानीको पहुँचमा मात्र छन् । शर्माले भने, ‘प्रदेशका धेरै नागरिक खुला पोखरी, खोला, खाल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । प्रदेशका ७९ वटै स्थानीय तहमा आधारभूतस्तरको खानेपानी सुविधा पुर्‍याउने लक्ष्य लिएर काम भइरहेको छ ।’

शर्माका अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा खानेपानी तथा सरसफाइमा रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । कर्णालीका १० वटै जिल्लामा ल्याब स्थापना गरी पानी परीक्षणसमेत भइरहेको छ । अहिले प्रदेश सरकार तथा स्थानीय तहले खानेपानीका नयाँ आयोजना सञ्चालन गरिरहेको र खानेपानीको समस्या रहेको ठाउँमा आधारभूत सुविधा पुर्‍याउने काम अघि बढाइएको शर्माले बताए । रासस


#
#

#









#




#


#


Share:

Rate:

Previousजनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ
Nextलोसपाकाे कार्यकारिणी समितिकाे बैठक बस्दै

ताजा खबर

  • रविन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ
  • खेलकुद, साहित्यक तथा पर्यटन महोत्सव-२०८२ : टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
  • औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि उपलब्ध गराउन सहजीकरण समिति गठन

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved