काठमाडौं-तुलसीपुरमा एक महिलाले श्रीमानको हातका औंला काटेर पोली खाएको अनौठो घटना घटेको छ । तुलसीपुर उपमहानगरपालिका १ भमके छोटेकी ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय श्रीमान् चन्द्रबहादुरको दाहिने हातका ४ औंला काटेर खाएको प्रहरीले जनाए ।


ADVERTISEMENT


बुधबार राति घरमै औंला काटेर पोली खाएको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । महतराले श्रीमान्ले मदिरा सेवन गरी नियमित यातना दिने गरेका कारण आक्रोशित भएर औंला काटी खाएको बयान दिएको इप्रका तुलसीपुरका डीएसपी प्रकाश सापकोटाले बताए ।


ADVERTISEMENT

# # #


‘अचम्मको घटना भएको छ । महिलाले रिस उठेर औंला काटी खाएँ भनिरहेकी छ,’ सापकोटाले भने, ‘औंला खोज्दा कतै भेटिएको छैन । घरमा अरू कोही नभएकाले यथार्थ विवरण थाहा हुन सकेको छैन ।’

महतराले पोली खाएको बताएकाले त्यसको कारणबारे थप अनुसन्धान गरिरहेको सापकोटाले बताए । घाइतेलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगन्ज लगिएको छ ।