काठमाडौं-जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम धनगढीस्थित जिल्ला शिक्षा कार्यालय नजिकैको एक पसल अगाडि बिहीबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।


ADVERTISEMENT


टिफिन बट्टामा प्लास्टिकले बेरेको र तार बाहिर झुण्डिएको देखिएको छ । त्यससँगै कालो प्लास्टिकको अर्को झोला पनि छ । त्यसैले सो वस्तु बम हुनसक्ने आशंका गरिएको छ । प्रहरी सो स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ ।


ADVERTISEMENT

# # #


बम भएको आशंकामा स्थानीयबासी त्रसित भएका छन् ।