विसु केसी, फिटनेस ट्रेनर


ADVERTISEMENT


व्यस्त दैनिकीसँगै मानिसको जीवनशैली पनि अस्तव्यस्त बन्दै जान्छ । उसो त यसै पनि कैयौँ नेपाली जीवशैलीबारे सचेत हुँदैनन् । जसका कारण दिनप्रतिदिन मोटोपनको समस्या बढिरहेको छ ।


ADVERTISEMENT

# # #


जब मोटोपन बढ्छ तब मात्र मानिसले सावधानी अपनाउन थाल्छ । जसकारण थुप्रै मानिसका लागि मोटोपन तनावको विषय बन्ने गरेको छ । मोटोपनको समस्या आउन नदिन र यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ स्

भोजन
– मोटोपनको पहिलो कारण भनेको खानपान हो । चिल्लो, मसलेदार, जंकफुडको प्रयोगले मोटोपन बढाउँछ । त्यसैले कार्बोहाइड्रेडयुक्त कम र प्रोटिनयुक्त खाना बढी खानुपर्छ ।

– मोटोपन भएका मानिसले बेलुकी भात नखानु नै राम्रो हुन्छ । बेलुकी प्रोटिनयुक्त खानाको प्रयोग गर्दा राम्रो हुन्छ ।

– मोटोपन घटाउनका लागि खानपानलाई मात्र कम गरेर हुँदैन । बरु व्यवस्थित ढंगले सन्तुलित भोजनको प्रयोग गर्नुपर्छ । खाना खानेबित्तिकै सुत्ने बानीले पनि मोटोपन बढाउन सक्छ ।

– डाइटिङ गरेर मोटोपन घटाउन लाग्दा पनि स्वास्थ्यलाई असर पर्न जान्छ । यसो गर्दा शरीरमा आवश्यक पौष्टिक तत्वको कमी हुन जान्छ । मोटोपन भएका मानिसले पानीको मात्रा पनि बढाउनुपर्छ ।

व्यायाम
– शारीरिक परिश्रम र नियमित व्यायाम नगर्दा पनि मोटोपनको समस्या हुन्छ । त्यसैले सूर्योदय हुनुपूर्व एक घन्टा जगिङ गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । जाडो मौसममा भने चिसो हुने भएकाले न्यानो ठाउँमा जगिङ गर्दा पनि राम्रो हुन्छ ।

– माटोपनको समस्याबाट बच्नका लागि सुत्ने र उठ्ने समय पनि व्यवस्थित गर्न जरुरी हुन्छ । राति अबेरसम्म बस्ने बानी गर्नु हुँदैन ।

– यदि नियमित जिम वा क्लबमा व्यायाम गर्ने बानी भएमा २० देखि ३० मिनेटसम्म कार्डियो गर्नुपर्छ । यसो गर्दा भारी मात्रामा क्यालोरी घट्न सघाउ पुग्छ । कार्डियोबाट १ सय ५० देखि दुई सयसम्म क्यालोरी कम गर्न सके निकै राम्रो हुन्छ ।

– हाई इन्टेन्स, स्क्वाड, डेड लिफ्ट नियमित गर्नाले पनि मोटोपन घट्छ । पेटको आकार कम गर्नका लागि अप्पर, लोअर बडी, ह्यांगिङ लेग राइज लोअर, साइड बेन्ड्स अप्पर र इन्कलाइन क्रन्च गर्दा राम्रो हुन्छ ।

तनावले पनि बढाउँछ तौल
विभिन्न अनुसन्धानले देखाएका छन् कि अत्यधिक तनाव पनि तौल बढ्ने कारक हो । त्यसैले मोटोपन घटाउनका लागि पनि तनावलाई व्यवस्थापन गर्नुपर्दछ । नियमित रूपमा योग र ध्यान गर्नाले पनि मोटोपन घट्न मद्दत पु¥याउँछ ।

मोटोपनले यस्ता रोग
मोटोपन आफैँमा रोग हो । मोटोपनले शरीरलाई भद्दा बनाउने मात्र नभई उच्च रक्तचाप, मधुमेहजस्ता रोग पनि निम्त्याउँछ ।

नयाँ पत्रिकाबाट