काठमाडौं– जागरुक युवा नेपालले हरेक वर्षझै यो वर्ष पनि राष्ट्रिय टोपी दिवस मनाउने भएको छ । विगत चार वर्षदेखि नेपाली राष्ट्रिय पोसाकसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको सो संस्थाले यो वर्ष पनि नयाँ वर्षको पहिलो दिन राष्ट्रिय टोपी दिवस मनाउन लागेको हो ।


ADVERTISEMENT


नेपाली टोपी, नेपालको पहिचान, पाँचौ नेपाली टोपी दिवस भन्ने मूल नाराका साथ मनाउन लागिएको सो कार्यक्रममा सबैलाई सहभागी हुन संस्थाले आह्वान समेत गरेको छ ।


ADVERTISEMENT

# # #


सो संस्थाले कार्यक्रममा सहभागी हुन नसक्ने नेपाली टोपीमा सजिएर सामाजिक सञ्जालमा आफ्नो तस्वीर सार्वजनिक गर्न समेत आग्रह गरेको छ । जनवरी १ मा माइतीघर मण्डलमा आयोजना गरिने सो कार्यक्रममा सबैलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन उक्त संस्थाले आग्रह गरेको छ ।