नेकपा एमालेका नेता तथा पूर्वसांसद दिपक कार्की:


ADVERTISEMENT


प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सबै क्षेत्रको मतपरिणाम आइसकेको छ । कस्तो रह्यो अनुभव ? कसरी विश्लेषण गरिरहनु भएको छ ? 


ADVERTISEMENT

# # #


पहिलो त पार्टीले जुन वाम गठबन्धन गर्यो । झापामा पनि त्यही थियो । अझ हाम्रोमा त तृदलीय गठबन्धन थियो । राप्रपासंग पनि हामीले गठबन्धन गरेका थियौँ । चुनावी परिणाम वास्तवमा सोचेजस्तै उत्साहजनक नै आयो । मुलूकको स्थायित्वको लागि हामी जुन एजेण्डा बोकेर जनतासामू गएका थियौँ, त्यो कुरा जनताले सहज रुपमा स्वीकार गरेको पाइयो । जनता मुलूकलाई अस्थिरताबाट मुक्त गर्न चाहान्छन् भन्ने यसले प्रमाणित गर्छ । यति धेरै मतान्तरमा वाम गठबन्धनका उम्मेदवारलाई जनताले जिताए । यसले हाम्रो काँधमा एकदमै धेरै जिम्मेवारी थपिएको छ । यस संगै हामीले निर्वाचनको बेलामा , त्यो भन्दा अघि देखाएका सपनालाई पूरा गर्नका हामीसामू चुनौती पनि उत्तिकै छन् । केपी ओली प्रधानमन्त्री हुँदा उहाँले जनतालाई जुन किसिमका सपना बाड्नु भएको थियो । अब उहाँको नेतृत्वमा ती सपनालाई साकार पार्ने अवसर हामीलाई प्राप्त भएको छ । यो जनमत पार्टी एकिकरणको लागि पनि हो । आशा छ केपी ओलीको नेतृत्वमा बन्ने सरकारले ती सपना पूरा गर्छ ।

चुनाव अगाडी वाम गठबन्धनले जुन किसिमका सामुहिक एजेण्डा तय गरेको थियो । ती एजेण्डा अहिले कस्तो अवस्थामा छन् ? किनकी दुईचार दिनदेखि राजनीतिले त अर्कै मोड लिएको जस्तो देखिन्छ नि ?

यो बीचमा विभिन्न खालका कुराहरु सतहमा आए । गठबन्धनप्रति आत्तिएका साथीहरुले यो भ्रम फैलारुइरहेका छन् । तर एउटा निश्चित कुरा के हो भने हामी पार्टी एक गर्नकै लागि अगाडी बढेका छौँ । निर्वाचनमा साझा घोषणापत्र बनाएर सहभागी हुनुपनि पार्टी एकताको सन्देश नै हो । कुनैपनि हालतमा यो गठबन्धन टुट्न सक्दैन । जसले टुटाउने प्रयत्न गर्छ, त्यसलाई आगामी दिनमा जनताले बढार्नेछन् । किनकी जनता स्थिरता, विकास र स्थायित्व चाहान्छन् । समृद्ध मुलूक भएको हेर्न चाहान्छन् । यदि कसैले फेरि पनि ९ महिने सरकार बनाउनतिर जान खोज्यो वा चाहाना राख्यो भनेमात्रै पनि अहिले जसरी अहिले नेपाली कांग्रेसलाई एउटा साइजमा सिमित गरिएको छ । पाँच वर्षपछि उसको अवस्था पनि यस्तै हुनेछ । नयाँ शक्तिहरुको उदय हुनेछ । विवेकशील साझालाई नै हामी उदाहरण लिनसक्छौँ । जसको कुनै एजेण्डा, सिदान्त नभएपनि राम्रो मत पाएको छ । जनतामा राजनीतिप्रति वितृष्णा पैदा भएको यसले प्रमाणित गर्छ ।

विगत धेरै वर्षदेखि हामीले देख्दा बहुदल आएपछि गिरिजा प्रसाद कोइराला साढे ३ वर्ष प्रधानमन्त्री भए । सबैभन्दा लामो आयूको सरकार भनेकौ नै त्यही हो । बाँकी सबै एक दुई वर्षभन्दा कोही कटेको छैन । यसले मुलूकलाई समृद्धि दिन सकेन, जहिले पनि अधोगतीको बाटोमा जानुपर्यो । त्यस कारण अब राजनीतिक स्थिरता कायम गरेर मुलूकलाई समेद्धिको बाटोमा लैजानका लागि, शान्ति र सुशासनको बाटोमा लैजानका लागि, वैदेशिक लगानी भित्र्याएर रोजगारको सिर्जना गर्नका लागि हामी अगाडी बढ्नुपर्छ ।  

अब त सरकार गठनको मिति पनि नजिकिसक्यो । माओवादी र तपाईहरुले मात्रै सरकारमा सहभागिता जनाउने कि अन्यलाई समेत समेट्नुहुन्छ ? के भइरहेको छ पार्टीका कुराकानी ?
वाम गठबन्धन बिना त सरकार हुन नसक्निे थाहा छँदैछ । यदि हामीसंग कोही सहकार्य गर्न चाहान्छन् भने उनीहरुको चाहानालाई पनि हामीले स्वागत गर्नुपर्छ । राप्रपालार्ई त हामीले लिनु नै पर्छ । निर्वाचनमा पनि हामीले उसंग पूर्वमा सहकार्य गरेकै हो । कांग्रेसले पनि संगै जाने प्रस्ताव एमालेलाई गर्छ भने हामीले अवष्य सहकार्य गर्नुपर्छ । जतिधेरैको सहकार्य हुन्छ मुलूकमा त्यती धेरै नै राजनीतिक स्थिरता कायम हुन्छ । त्यस कारण सकेजति मिल्नुपर्छ भन्ने मेरो भनाई हो ।
यसका लागि त अहिले राजनीति एक ठाउँमा आएर अड्किएको छ । राष्ट्रपतिले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश रोक्नुभएको छ । संविधान जारी गर्दाखेरी नै यसलाई टुंगोमा पुर्याउनु पर्ने थियो तर त्यो हुन सकेन । यसको खास निकास के हो ? किनकी यो जति अड्कियो त्यती नै देउवा सरकारको आयू लम्बिने पक्का छ नि ?
हो, यो पहिले नै गर्नुपर्ने थियो तर हुन सकेन । हामी एकल संक्रमणीय आधारमा जाने भनेर संविधानमा कतै लेखिएको छैन । यो कांग्रेसले किन उल्टायो भन्दा देशभरिको स्थानीय तहको मतपरिणाम आएपछि नेपाली कांग्रेस अत्तालियो । बहुमतीय प्रणालीमा हाम्रो खैरियत छैन भन्ने बुझेपछि एकल संक्रमणीय प्रणालीको बाटो समाएका हुन् र राष्ट्रपति समक्ष यही प्रणाली उल्लेख गरेर राष्ट्रपतिकहाँ अध्यादेश पठाइयो । संविधान विपरित कोहीपनि जानपाउँदैन । त्यो अध्यादेश देउवा सरकारले फिर्ता लिनुपर्छ । अर्को कुरा निर्वाचन आयोगले तुरुन्त समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गर्नुपर्छ ।
 
यसको निकास कहिलेसम्म निस्केला त ?
संविधानले व्यवस्था गरे अनुसार बीस दिनभित्रमा बैठक बस्नु नै भनेको छ । पहिलो पटक भएकाले ढिला भइरहेको छ । केन्द्र तोकिएको छैन । प्रदेश सरकार बस्ने ठाउँ छैन । तर यसको निकास चाँडै नै हुन्छ जस्तो लाग्छ । निर्वाचन आयोगले त्यो मत परिणाम सार्वजनिक गर्ने बित्तकै सरकार निर्माणको बाटो खुल्छ ।

संविधान निर्माण गर्दा तपाईपनि ६०१ सांसदमध्येको एक हुनुहुन्थ्यो । अब तपाईको व्यक्तिगत जिम्मेवारी कस्तो रहन्छ ? कसरी अगाडी बढ्नुहुन्छ ?

नेकपा एमाले पार्टीको एउटा कार्यकर्ता, एउटा सिपाही भएको नाताले पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसको पालना गर्नु पर्छ । आफूमा आइपरेको भूमिकालाई जिम्मेवारपूर्वक निर्वाह गर्ने मेरो काम हुन्छ । गाउँ पञ्चायत हुँदै सभासदसम्मको यात्रालाई मैले पूरा गरिसकेको छु । मलाई जे जिम्मेवारी प्राप्त भए तिनको कुशलतापूर्वक, अनुशासित भएर पूरा गरेजस्तो लाग्छ । मेरो यो अवधीसम्म आफ्नो कार्यकालमा यहाँनेर कमजोरी भयो भन्ने कुरा उठ्न दिएको छैन । अबका दिनमा म पार्टीलाई बलियो बनाउने, निर्वाचन जनप्रतिनिधिलाई सहियोग गरेर उहाँहरुलाई सफन बनाउने एउटा खम्बाको रुपमा म काम गर्न चाहान्छु ।