पोखरा– लेखनाथ महानगरपालिका–२५ हेमजास्थित हेमजा युनाइटेड क्लबको भवन निर्माणका लागि रु ६ लाख २० हजार सहयोग प्राप्त भएको छ ।


ADVERTISEMENT


भवन निर्माणका लागि स्व कर्णेल इन्द्र कुँवरको स्मृतिमा श्रीमती लक्ष्मी कुँवरबाट रु पाँच लाख, सुवेदार श्यामबहादुर सापकोटाबाट रु ७० हजार, स्व डिलबहादुर सपाकोटा र स्व मनिकर्ण सापकोटाको स्मृतिमा छोरी खरिका थापाबाट रु ५० हजार सहयोेग प्रदान गरेको छ ।


ADVERTISEMENT

# # #


भवन निर्माणकै लागि हेम्जाबाट वैदेशिक रोजगारीमा गएकाबाट पनि सहयोग प्राप्त हुने आश्वासन प्राप्त भएको क्लबका अध्यक्ष इन्दप्रसाद त्रिपाठीले जानकारी दिए ।

यसैबीच क्लबले आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म हेम्जामा शुभकामना कप पूmटबल प्रतियोगिताको आयोजना गर्ने लागिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख ५० हजार र दोस्रो हुनेलाई रु ७५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र दिइने क्लबका अध्यक्ष त्रिपाठीले बताए ।