काठमाडौं– पारस खड्का कप्तान रहेको विराटनगर वारियर्स लगातार तेस्रो खेल जित्दै एभरेष्ट प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। तेस्रो खेलमा पनि अपराजित रहेको विराटनगरले चितवन टाइगर्सलाई ७१ रनले पराजित गरेको हो।


ADVERTISEMENT


शुक्रबार सम्पन्न खेलमा हङकङका पाकिस्तानीमूलका व्याट्सम्यान बबर हायातको बिस्फोटक ८१ रनको मद्दतले विराटनगरले ८ विकेटको क्षतिमा १ सय ७४ रन बनायो । जसमा हङकङकै अंशुमन राथको ४१ रनको योगदान थियो । हायातले ६ छक्का र ५ चौकाको सहयोगले ४२ बलमा ८१ रन बनाएका थिए। प्रारम्भिक व्याट्सम्यान राथले ५ चौकाको सहयोगले ४० बलमा ४१ रन बनाए।


ADVERTISEMENT

# # #


आशिफ शेखले २१ र कप्तान पारसले १६ रन बनाए।

प्रत्युत्तरमा टस जितेर पनि फिल्डिङ रोजेको चितवनका लागि कुनै व्याट्सम्यानले ठोस साझेदारी गर्न सकेनन्। सन्दीप सुनारले १६, सबेज खानले १२, भीम सार्कीले २४, कमलसिंहले १३ रन बनाए पनि कप्तान दीपेन्द्रसिंह ऐरी नचल्दा चितवनको अवस्था दयनीय बन्यो। उनी ९ रनमा आउट भए। चितवनले १८ दशमलव २ ओभरमा १सय ३ रनमा सबै विकेट गुमायो।

चितवनको हारमा बसन्त रेग्मीको बलिङ घातक रह्यो। उनले ४ विकेट लिए। चितवनका लागि प्रविण गुप्ताले पनि ५ विकेट लिएका थिए। उनले १९ ओभरको अन्तिम तीन बलमा ह्याट्रिक लिएका थिए। इपिएलको यो सत्रमा ह्याट्रिक गर्ने उनी पहिलो बलर हुन्। उनले अन्तिम ओभरमा ४ विकेट लिएका थिए।