काठमाडौँ – सेवाग्राहीसँग घुस लिएको मामिलामा पक्राउ परेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेसहित तीन जनासँग विशेष अदालतले १०–१० लाख रुपैयाँ धरौटी माग गरेको छ ।


ADVERTISEMENT


हाल निलम्बित रहेका पाण्डेबाहेक विभागका निलम्बित शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीसँग पनि १०–१० लाख धरौटी माग गरेको हो ।


ADVERTISEMENT

# # #


धरौटी रकम बुझाएपछि उनीहरु साधारण तारेखमा रिहा भएका छन् ।

विशेष अदालतका न्यायधीद्वय बाबुराज रेग्मी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले थुनछेक बहसपछि बिहीवार धरौटी माग गरेको थियो ।

कालोसूचीमा परेको मेनपावर कम्पनीको मुद्दा मिलाई दिने भन्दै घुस लिइरहेको अवस्थामा गत २८ कात्तिकमा बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेल र केसी पक्राउ परेका थिए।

उनीहरुको बयानको आधारमा कत्तिक २९ गते अख्तियारको टोलीले महानिर्देशक पाण्डेलाई पनि पक्राउ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार पाण्डेसहित तीनै जनाविरुद्ध जनही १० लाख बिगो दावी गरी अदालतमा मुद्दा दायर गरेको थियो ।