काठमाडौं – ‘लालपुर्जा’ फिल्मको ट्रेलर रिलिज भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वनिक गरिएको हो। यो फिल्ममा सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिकामा अभिनय गरेका छन्।


ADVERTISEMENT


ट्रेलरमा हेर्दा उनीहरुको अभिनय यसअघिका फिल्ममा भन्दा भिन्न रहेको छ। अर्थात्, यी दुई नायकहरु नौलो रुप देखिएका छन्। फिल्ममा नायिकाका रुपमा मेनुका प्रधान मसरुना मगरको अभिनय रहेको छ। माग ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका छन्।


ADVERTISEMENT

# # #


फिल्ममा सौगात र विपिन, मेनुका, मिरुनासँगै हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतको पनि अभिनय छ। मितेरी नाम गरेको एक गाँउको कथा रहेको भनिएको फिल्ममा ‘लालपुर्जा’को कारण दाजुभाइमा भएको द्वन्द्वलाई देखाएको छ।

‘नेगेटिभ बुद्ध’को ब्यानरमा निर्माण भएको फिल्ममा विक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी रहेको छ। फिल्ममा सुजित बिडारीको पटकथा, नरेन्द्र मैनालीको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ।