कामाडौँ– कामाडौँको टाखास्थित झोरको जंगलमा मृग भनेर गोली ताक्दा महिला घाइते भएकी छन् ।


ADVERTISEMENT


आज दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगल जाँदा मृग भनेर गाली ताक्दा झोरकी ३५ वर्षीय दुर्गा दुलाल घाइते भएकी छन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसरका प्रमख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिला घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिए । गोली प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको उनले बताए ।

घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तराष्ट्रिय अस्पताल टोखामा लगिएको र घाइतेको अवस्था सामान्य रहेको छ ।