वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–२२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको छ । ९ घण्टापछि आगलागी नियन्त्रणमा आएको सशस्त्र प्रहरी प्रवक्ता डिआईजी बाबुराम पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार भरेर राखिएका २ ट्रक ग्यास सिलिन्टर पड्किएको छ भने अझैं पनि ठाउँठाउँका आगोका ज्वालाहरु देखिइरहेका छन् । यद्यपी अब भने दमकलको सहायताले आगो निभाउन सहज देखिएको छ ।


ADVERTISEMENT

# # #


यसअघि भीषण आगालागीका कारण सुरक्षाकर्मीसहितका दमकलको टीम एक किलोमिटर परै रोकिएका थिए । बिहान करीब ७ बजेको आसपासबाट सुरु भएको आगलागी अहिले दिउँसो ३ बजेयता नियन्त्रणमा प्रहरी भनाई छ । आगलागी नियन्त्रणमा आएपछि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी उद्योगभित्र प्रवेश गरेर क्षतिको विवरण संकलनका साथै आवश्यक काम थालेको छ ।