काठमाण्डौ– वीरगञ्जको सुपर ग्यास उद्योगमा बुधबार बिहान लागेको आगलागी घटनाको थप अनुसन्धानका लागि छानविन समिति गठन गरिएको छ ।


ADVERTISEMENT


एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा कुश मल्ली, कृष्णभक्त श्रेष्ठ, लक्ष्मी महर्जन र शंकर श्रेष्ठ रहेका छन् । अगलागीमा परेर २ जनाको मृत्यु भएको छ भने आधा केही व्यक्ति घाइते भएका छन् ।


ADVERTISEMENT

# # #