काठमाडौं-नेपालगन्जको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ । भारतबाट नेपाल भित्रयाइँदै गरेको उक्त औषधि बरामद गरेको हो ।


ADVERTISEMENT


जमुनाहा नाकानजिक रहेको भन्सार कार्यालय अगाडिबाट रिक्सामा राखेको अवस्थामा ठूलो मात्रामा सशस्त्र प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ ।


ADVERTISEMENT

# # #


भन्सार सशस्त्र प्रहरी गुल्मको टोलीले रिक्सामा ल्याइँदै गरेको प्रतिबन्धित औषधिका साथै यौनवद्र्धक औषधि बरामद गरेको हो ।

यौन उत्तेजना बढाउने प्रतिबन्धित र कन्डम, गर्भपतन गराउने, दाद रोग र नेपालमा प्रतिबन्धित मल्हम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ ल्याउँदै गरेको अवस्थामा नेपालमा प्रतिबन्धित औषधिहरू प्रहरीले रिक्सासहित नियन्त्रणमा लिएको छ ।

से १ स ८६७ नम्बरको अटोरिक्सा जाँच गर्दा बोरामा लुकाइराखेको अवस्थामा प्रहरीले औषधि फेला पारेको हो । करिब ६० हजार रुपैयाँबराबरको २४ प्रकारका औषधि बरामद भएको सशस्त्र प्रहरीको भनाइ छ ।

सबै औषधिको मुचुल्का उठाएर नष्ट गरिएको छ । अटो रिक्सा भने प्रहरीको नियन्त्रणमा छ । नेपालगन्जका अधिकांश निजी मेडिकल पसलमा प्रतिबन्धित औषधि बिक्री हुँदै आएको जनगुनासोसमेत बढ्दै आएको छ ।

औषधि विभागले पटकपटक अनुगमन गरे पनि अवैध औषधि बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्न सकेको छैन । त्यसैले खुला रूपमा प्रतिबन्धित औषधि बिक्रीवितरण हुने गरेको छ ।