काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले निर्वाचनको परिणामविरुद्व कानुनी समाधानमा जाने बताएका छन् । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभामा इलामको निर्वाचन क्षेत्र नं १ बाट हार व्यहोराका नेता खनालले सामाजिक सञ्जालमा एक पोष्ट साझा गर्दै निर्वाचनमा योजनबद्ध रुपमा भएको अनियमितताको कानुनी समाधान खोज्ने बताएका हुन् ।


ADVERTISEMENT


मतदानको प्रक्रिया शुरुदेखि नै स्वस्थ नरहेको र विभिन्न प्रकारका अनियमितता भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘एउटा मतपेटिकामा मत हाल्नु पर्ने मा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ ।’


ADVERTISEMENT

# # #


ती मतपत्रहरु कसरी गायब भए ? मतपत्रहरु कतिपय बाकसमा कसरी बढी हुन पुगे ? सो प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन नसकेको उनको आरोप छ । थप लेख्दै उनले भनेका छन्, ‘मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन । यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ ।’

सत्ता गठबन्धनकातर्फबाट उठेका खनालको उम्मेदवारी क्षेत्रबाट नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गरेका गर्दा खनाललेको पक्षमा २३ हजार ८८ मत मात्रै खसेको थियो । त्यसलगत्तै मतगणना एकलौटी भएको आरोप लगाउँदै पुनः चुनावको माग गरेका खनालको मागलाई आयोगले सम्बोधन गरेको छैन ।