काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको जनादेश अनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि एमाले तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले सवै दलहरुसंग छलफल गर्ने र आवश्यकता अनुसार जुनसुकै भूमिका निर्वाह गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले निषेधको राजनीति पराजित भएको र दलहरु मिलेर काम गर भन्ने जनताको स्पष्ट सन्देश रहेको जिकिर गरे । एमालेलाई सरकारमा जान हतारो नरहेको र जनताको जनादेश बमोजिम अघि बढौ भन्ने मान्यता रहेको उनको भनाई छ ।

नेम्वाङले जनताले दिएको जनादेशका आधारमा दलहरु अघि बढे देश सहि दिशातर्फ जाने धारणा राखे ।