काठमाडौँ – काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गर्न गएको टोलीमाथि आकर्मण भएको छ ।  सोमबार बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले खटाएको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढाले आकमर्ण गरेका हुन् ।


ADVERTISEMENT


झडपमा काठमाडौँ महानगरका केही प्रहरी घाइते भएका छन् । बस्ती खाली गराउन प्रहरी परिचालन समेत गरिएको छ ।  स्थानीयले गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहविरुद्ध समेत नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन केही दिन अघि १० दिने सूचना जारी गरेको थियो। उक्त म्याद सकिएसँगै समिति एक्सनमा उत्रिएको छ ।