काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ।


ADVERTISEMENT


प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।


ADVERTISEMENT

# # #


आइतबार बिहान साढे ११ बजेसम्म ८४ लाख ४ हजार ६९१ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २३ लाख १० हजार ३३३ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेसले २२ लाख १३ हजार ५ सय ७४ मत पाएको छ। माओवादी केन्द्रले ९ लाख ६८ हजार २ सय५० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २६ हजार ९ सय २६ मत पाएको छ।

यसैगरी समानुपातिकतर्फ राप्रपाले ४ लाख ८७ हजार ५५२ मत पाएको छ। जनता समाजवादी पार्टी जसपाले २ लाख ८८ हजार ४९९ मत पाएको छ। माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २ लाख २२ हजार ७५७ मत पाएको छ। यो पार्टी थ्रेसहोल्ड कटाउन संघर्षरत रहेको छ।

अहिलेसम्म यो पार्टीले २ दशमलव ६ प्रतिशत मात्रै मत पाएको छ। थ्रेसहोल्ड कटाउन ३ प्रतिशत मत प्राप्त गर्नै पर्छ । जनमत पार्टीले २ लाख २२ हजार ६९५ मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले एक लाख ९९ हजार २३९ मत पाएको छ। लोसपाले एक लाख २० हजार ३८६ मत पाएको छ।​

यसैगरी नेमकिपाले ६९ हजार ९९० मत पाउँदा हाम्रो नेपाली पार्टीले देशभरबाट ४७ हजार ८६९ मत पाएको छ। जनमोर्चाको ४३ हजार ९१ मत रहेको निर्वाचन आयोगको तथ्यांक छ।