सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मतदातासँगको भेटघाटमा नै जनताको माया र आशीर्वाद पाएका  नेपाली कांग्रेसका मोहन बस्नेत लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।


ADVERTISEMENT


जिल्लाको विकासमा सँधै उल्लेखनीय योगदान दिँदै आएका  बस्नेतलाई सिन्धुपाल्चोकका जनताले ३९ हजार ३६७ मत दिएर निर्वाचित गरेका छन् ।


ADVERTISEMENT

# # #


 देशभर लोकप्रिय मत पाउने नेतामा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेत पनि एक हुन् । शीर्ष नेताहरुले नै पाएको मत र मतदाताले दिएको मतान्तरलाई विश्लेषण गर्दा लोकप्रिय मत पाउने १० शीर्ष नेतामध्ये बस्नेत  चौथो नेताका रुपमा दरिएका छन् ।

कांग्रेसमा विश्वप्रकाश शर्मा, प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा ,केपि वोली ,प्रचण्ड, शेखर कोइराला जस्तै मोहन बस्नेतले पनि लोकप्रिय मत पाएका छन् ।

कांग्रेसले २०१५ सालपछिका निर्वाचनमा  सिन्धुपाल्चोक-२ मा  कहिले पनि जितेको थिएन । निर्वाचन नै नजितिरहेको सन्दर्भमा बस्नेतले भने निर्वाचन मात्र जितेनन् लोकप्रिय मत पाउने  ‘टप टेन’ नेतामा समेत  समेत पर्न सफल भए ।

केन्द्रीय राजनीतिमा समेत  प्रभावशाली नेताका रुपमा छवि बनाएका बस्नेतको मृदुभाषिताका कारण नै सिन्धुपाल्चोकका जनताले रुचाएको विश्लेषण हुन थालेको छ  । सिन्धुपाल्चोक–२ मा कांग्रेसले २०१५ सालयता पहिलोपटक जीत निकाल्नुलाई बस्नेतकै लोकप्रियताले काम गरेको मतदाताहरु बताउँछन् ।

यता बस्नेतका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले भने २७ हजार ४९३ मतमै चित्त बुझाउनु परेको छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका र एमालेमा प्रभाव जमाएका तामाङलाई बस्नेतले ११ हजार ८७४ मतान्तरले  पराजित गरे ।

अझै रमाइलो कुरा त के भने बस्नेतले गठबन्धनका कारण आफूलाई पायक पर्ने र घर समेत भएको क्षेत्र नम्बर १ बाट चुनाव लड्न पाएनन् । आफू लोकप्रिय रहेको क्षेत्रसमेत छाडेर  २ नम्बर क्षेत्रबाट चुनाव लड्नु बस्नेतका लागि पनि चुनौतीको विषय रहेको थियो । तैपनि जिल्लामा उनको सक्रियतालाई सहज रुपमा हेरेका मतदाताले बस्नेतलाई लोकप्रिय मत सहित विजय  गराएका छन् ।