सुनसरी – सुनसरी क्षेत्र नं ३ मा एमालेकी नेतृ भगवती चौधरीले फराकिलो अग्रता कायम गरेकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार विजय कुमार गच्छदारसँग चुनावी मैदानमा होमिएकी एमालेकी भगवतीले २२८४२ मत पाएर अग्रता लिइरहेकी छन् ।


ADVERTISEMENT


उनका प्रतिस्पर्धी गच्छदारले १८२६७ मत पाएका छन् । दुई बीचको मतान्तर ४५७५ रहेको छ ।


ADVERTISEMENT

# # #


बिहीबार मतगणनाका क्रममा कांग्रेसका गच्छदार मध्यरातमा चोरबाटोबाट मतगणनास्थल छिर्न खोजेका थिए । गच्छदारमाथि निरन्तर धाँधली गर्दै चुनाव जित्ने गरेको आरोप लाग्दै आएको छ ।