सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिएकी  छन् । तामाङले आफूलाई समलिंगी भएको बताउँदै आएकी छन् । उनले संसदमा प्रवेश पाइन् भने उनी नै नेपालको पहिलो समलिंगी सांसद हुनेछिन् ।


ADVERTISEMENT


यसअघि जनता समाजवादी पार्टीका अशोक कुमार राईले अग्रता लिएकोमा पुनः रास्वपाकी तामाङले अग्रता बढाएकी  हुन् ।


ADVERTISEMENT

# # #


गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०५ मत पाएका छन् ।

यस्तै, माओवादीका मुक्सामहाङ्ग सुब्बाले ९ हजार ९ सय, स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्गबोले ६ हजार ७२८ र राप्रपाका अशोक कुमार राईले  ५ हजार ८९१ मत पाएका छन् ।