सुनसरी – सुनसरी क्षेत्र नं ३ मा एमालेकी नेतृ भगवती चौधरीले फराकिलो अग्रता कायम गरेकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार विजय  कुमार गच्छदारसँग चुनावी मैदानमा होमिएकी एमालेकी  भगवतीले  १८४५६ मत पाएर अग्रता लिइरहेकी छन् ।


ADVERTISEMENT


उनका प्रतिस्पर्धी गच्छदारले १३९३७ मत पाएका छन् । दुई बीचको मतान्तर ४५१९ रहेको छ ।


ADVERTISEMENT

# # #


बिहीबार मतगणनाका क्रममा कांग्रेसका गच्छदार मध्यरातमा चोरबाटोबाट मतगणनास्थल छिर्न खोजेका थिए । गच्छदारमाथि निरन्तर धाँधली गर्दै चुनाव जित्ने गरेको आरोप लाग्दै आएको छ ।

हालसम्म इटहरी ६, देखि १५, इनरुवा न.पा. ७, गढी गा.पा. १, दुहबी ९, ८, ४, ३, २ वडाको मतगणना सम्पन्न भएको छ । अब भने दुहबी वडा नम्बर १ को १७०३ मत गणना सुरु भएको हो ।